• जेष्ठ १४ २०८३, बिहीबार

रैकामगरको अध्यक्षतामा मगर संघको ६५ सदस्यीय नयाँ कार्यसमिति चयन

जेष्ठ १४ २०८३, बिहीबार

काठमाडौं । मगर ससमुदायको साझा संगठन नेपाल मगर संघको १३औं महाधिवेशन हालै काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले रक्षाबहादुर रैकामगरको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा टेक नाम्जाली मगर, महासचिवमा होमराज खपाङ्गीमगर र कोषाध्यक्षमा पूर्णबहादुर रानामगर लगायत रहेका छन् । महाधिवेशनबाट ३ जना लेखा समिति सदस्यहरु निर्वाचित भएका छन् ।

त्यस्तै महाधिवेशनबाट १५ सदस्यीय मगर प्राज्ञिक सदस्यहरु पनि निर्वाचति भएका छन् । परिषदको कुलपतिमा डाक्टर श्यामु थापामगर चयन भएका छन् ।

निर्वाचित सदस्यहरूकाे पूरा नामावली ।