काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीका स्थानीय आफैले सामान बाहिर निकाल्न थालेका छन् । घरटहराबाट सामान निकालेर उनीहरूले अन्यत्रै लैजान थालेका हुन् ।
शुक्रबार (वैशाख ११) बिहानदेखि उनीहरूले सामान निकालिरहेका छन् । उनीहरूले सामान गाडीमा राखेर अन्यत्र लैजाँदै छन् ।
शनिबार (वैशाख १२) बिहानदेखि उक्त सुकुम्वासी बस्ती खाली गराउने सरकारले ‘माइकिङ’ गरिसकेको छ । सरकारले डोजर लगाएर भत्काउने त्रासले स्थानीय आफैँले सामान सारिरहेका हुन् ।