• बैशाख १० २०८३, बिहीबार

तराईमा गर्मीले जनजीवन प्रभावित,अझै तातो हावाको लहर चल्ने

बैशाख १० २०८३, बिहीबार

काठमाडौं ।  तराईका अधिकांश जिल्लामा गर्मी बढेको छ ।  गर्मीले जनजीवन प्रभावित भएको छ ।

आज पनि तराईका जिल्लामा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर चल्ने पूर्वानुमान छ ।

विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो लहरको पनि सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागले तातो लहरले स्वास्थ्यमा असर पर्ने भएकाले घामबाट जोगिन र अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएको छ ।

विभागका अनुसार शुक्रबार शनिबार राति भने देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भाग आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरेको छ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ ।