काठमाडौं । समाजसेवी बीरसिंह घले अथक शान्त साधक विश्वनाथ केडिया ५औं अमिन नेश्नल म्यूजिक अवार्ड २०२६ बाट राष्ट्रिय समाजसेवी सम्मानपत्रद्धारा सम्मानित भएका छन् ।
घलेले समाज सेवाको क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै सो सम्मानपत्र प्रदान गरिएको हो । प्राप्त समाचार अनुसार ०८२ चैत्र २१ मा नेपाल संगीत उद्योग संघद्धारा आयोजित एक समारोहमा घलेलाई सो सम्मानपत्र प्रदान गरिएको हो ।
लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ९ निवासी घले समाजसेवामा निरन्तर खट्दै आएका छन् ।
घले स.मु.ताँ गुम्बाको अध्यक्ष, जुमडाँडा घले दरबारका संस्थापक अध्यक्ष, लिलः फङ्ग घले समाजका अध्यक्ष र नेपाल पूर्वप्रहरी संगठन लमजुङका सल्लाहकार समेत रहि समाजसेवा गर्दै आएका छन् ।