• बैशाख १२ २०८३, शनिबार

गैंडा मरेपछि सिधै गृहमन्त्रीकाेमा पुगे स्थानीय, गुनासाे सुन्ने निकाय खै ?

चैत्र २९ २०८२, आईतवार

काठमाडौँ । नवलपुरका स्थानीयवासीले दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन् ।
आइतबार नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।

विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा कैयौँ वन्यजन्तुहरू मृत भेटिएको स्थानीहरूको गुनासो छ।
उक्त औद्योगिक क्षेत्रको गृहमन्त्री सुधन गुरुङले अवलोकन समेत गरेका थिए ।