• बैशाख १२ २०८३, शनिबार

देशभरका ५ लाख बाँदरको बन्ध्याकरणको लागि बजेट माग

चैत्र २४ २०८२, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले बाँदरको बन्ध्याकरणका निम्ति बजेट विनियोजन गर्न माग गरेका छन् । मंगलबार (चैत २४) प्रतिनिधिसभा बैठकमा उनले बाँदर नियन्त्रण नगरिए कृषिमा लगानी नगर्दा पनि हुने धारणा राखे ।

सरकारले बाँदर नियन्त्रणका निम्ति बन्ध्याकरण कार्यविधि तयार गरिसकेको उनले उल्लेख गरे । र, बजेट छुट्ट्याउन माग गरे ।

“नेपालमा पाँच लाख बाँदर रहेको अनुमान छ । यो संख्यालाई लाग्ने बन्ध्याकरण खर्च प्रतिबाँदर रु १५ सय रहेछ । बजेट विनियोजनको जोडदार माग गर्दछु,” उनले भने ।