• बैशाख १२ २०८३, शनिबार

ट्राफिक लाइटको पालना नगर्ने चालकमाथि धमाधम कारबाही

चैत्र २१ २०८२, शनिबार

काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही शुरु गरेको हो ।

शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो ।

ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।

यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दु:ख दिने नियत राखेको भन्दै असन्तुष्टी जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् ।
ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरूको भनाइ छ ।