काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् ।
अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले उनीमाथि बलात्कारको आरोप लगाएपछि काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले सोधपुछका लागि ल्याइएको बताए ।
एक वर्षअगाडि अमेरिका गएको समय आफ्नै अपार्टमेन्टमा उनले बलात्कार गरेको ती युवतीले सामााजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी थिइन् ।
‘तिम्रो अपार्टमेन्ट हेरौँ’ भनेर लम्साल आएको र बलात्कार गरेको युवतीको आरोप छ ।
आफूले चिनेको मान्छे सम्झिएर संघर्षबारे सुनाएको तर लम्सालले ‘राक्षसी’ प्रवृत्ति देखाएको उनले आरोप लगाएकी छन् । दशौँ वर्षदेखि पारिवारिक सम्बन्ध रहेको व्यक्तिले नै राक्षसी प्रवृत्ति देखाएको उनको भनाइ छ ।