धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।
कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको आदिवासी रानाथारु जातिका महिलाहरूले मनाइने तीज पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी सूचना अनुसार बुधबार सार्वजनिक बिदा दिइएको हो ।
यसैबिच धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाले पर्वको अवसरमा शुभकामना दिएकी छिन् ।
पर्वले रानाथारु जातिको ऐतिहासिक संस्कृति परम्पराको जर्गेनाका साथै रानाथारु जातिको पहिचानलाई उजागर गर्न भूमिका खेल्दै आएको उल्लेख गर्दै उनले शुभकामना दिएकी हुन् ।