• जेष्ठ २ २०८३, शनिबार

निर्माण कम्पनीमा विस्फोटहुँदा भारतको पुणेमा एक नेपालीको मृत्यु

श्रावण २१ २०८१, सोमबार

पुणे । भारतको पुणेस्थित माभल तालुकाको एक निर्माण कम्पनीमा विस्फोट हुँदा २२ वर्षीय नेपाली युवकको मृत्यु भएको छ । अजयकुमार बजरंगीप्रसाद मौर्य नामका ती युवक भेइकलका स्पेयर पाट्र्स बनाउने उक्त निर्माण कम्पनीको पारण्डवादीस्थित कार्यालय परिसरमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार, गएको बिहीबार खाना पकाउन स्टोभको चुल्हो बाल्न उनी केही केमिकल प्रयोग गरिरहेका थिए । त्यसक्रममा त्यो पदार्थ पड्किएको थियो । विस्फोटबाट उनी गम्भीर रूपमा जलेका थिए । अस्पतालमा सर्जरी भइरहेकामा शनिबार उनको मृत्यु भएको हो ।

उक्त मृत्यु घटना शिरगाउँ प्रहरी कार्यालयमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । ती युवकको नेपालको ठेगाना खुलाइएको छैन ।