काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालबाट ठगीको बिगबिगी बढ्न थालेपछि सावधान रहन आग्रह गरेको छ ।
पछिल्लो समयमा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भैरहेको पाइएकाले यस किसिमका झुट्ठा पोष्टहरुबाट सावधान रहनुहुन सम्पुर्णमा नेपाल प्रहरीले आग्रह गरेको हो ।