प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रूपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले स्टन्टबाजीका रूपमा सरकारले कुनै काम नगर्ने बताए ।
कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिस्ट हुने वा स्टन्टबाजीका रूपमा कुनै काम गर्दैनु, ओलीले भने ।
कतिपयले संविधान फेर्न नपाउने ग्रन्थ जस्तो भनेर भ्रम फैलाइरहेको ओलीले बताए । उनले लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न संविधानमा संशोधन गरिने बताए ।
ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी समेत दिए । गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै उनले अब एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताए ।
‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपथ्र्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो’, ओलीले भने, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’