• जेष्ठ २ २०८३, शनिबार

खोलोमा बगेर एक पुरुषको मृत्यु

श्रावण १९ २०८१, शनिबार

त्रिवेणी (रुकुमपश्चिम), १९ साउन । खोलालले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ झुलखेतका ५० वर्र्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ । बुढालाई सोही ठाउँको चुनखोलाले आज बगाएको हो ।

वडा नं ६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नं ३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलाबाट निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार काउलेचौरको झोलुङ्गे पुल नजिकै मुग्लुखोलामा बगिरहेको अवस्थामा शव फेला पारेको हो ।

बुढाको पारिवारिक झगडा भएको र मर्छु भनेर निस्किएको जानकारी प्राप्त भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । बुढाले खोलामा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ ।