• जेष्ठ २ २०८३, शनिबार

पोखरामा २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

श्रावण १४ २०८१, सोमबार

पोखरा । पोखरामा विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।

कास्की प्रहरीका सूचना अधिकारीका अनुसार पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो ।  बसमा २२ विद्यार्थी, चालक र सहचालक गरि २४ जना सवार थिए । यो विद्यालय बिरौटामा छ । विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोक ल्याइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।