• जेष्ठ २ २०८३, शनिबार

रास्वपा सांसद ढकाल भन्छन्– सत्ता गठबन्धनलाई हामीले लगाएका आरोप पुष्टि हुँदै छन्

श्रावण १३ २०८१, आईतवार

रास्वपाका सांसद हरि ढकालले सत्ता गठबन्धनमाथि आफूहरूले लगाएका आरोप पुष्टि हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको आकष्मिक समयमा उनले डीआईजी डा।मनोज केसीलाई सरुवा गरिएको विषय सम्झिए ।

‘अनुसन्धान गर्नुपर्नेहरूलाई मन्त्री पुरस्कार दिइयो । प्रदेशमा गुण्डा नाइके र हातहतियारका मुद्दामा संलग्न रहेकालाई मन्त्री बनाइएको छ,’ उनले भने, ‘डीआइजी मनोज केसीलाई विश्वासको मत लिएको दुई दिनभित्रमा सरुवा गरिएको छ । सत्ता जुन कुराका लागि बनेको हो त्यो देखिएको छ ।’

प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका डीआईजी केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । उनले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापा र बेचन झालाई पक्राउ गर्न सहयोग गरेका थिए ।