• जेष्ठ २ २०८३, शनिबार

कालोपुलमा चोरी गरी भाग्दै गरेका विकेश शाही पक्राउ

श्रावण १३ २०८१, आईतवार

काठमाडौँ । चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना युवक पक्राउ परेका छन् । नुवाकोट विदुर नगरपालिका–१७ घर भई काठमाडौँ महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले काठमाडौँ महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भूपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्र् मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।