• जेष्ठ २ २०८३, शनिबार

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

श्रावण १३ २०८१, आईतवार

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आइतबारका लागि एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आइतबारका लागि एक लाख ४५ रुहजार रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य आइतबार तोलामा १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आइतबारका लागि एक हजार सात सय ४० निर्धारण भएको छ ।