• जेष्ठ २ २०८३, शनिबार

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

श्रावण १३ २०८१, आईतवार

काठमाडौँ ।  संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे समितिको सभाकक्ष, संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारमा रहेका कैदी तथा थुनुवाहरुको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची रहेको छ ।