• जेष्ठ २ २०८३, शनिबार

मुग्लिन-काठमाडौँ सडकखण्डमा फेरि लेदो माटोसहितको पहिरो

श्रावण ७ २०८१, सोमबार

काठमाडौँ ।  मुग्लिन-काठमाडौँ सडकखण्डमा फेरि  लेदो माटोसहितको पहिरो गएको छ ।

चितवनको फिस्लिङमा आज बिहान पौने ५ बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा लाग्ने अनुमान छ ।