ललितपुर । साइकलको प्रयोग र आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्य सहित पाटन दरबार स्क्वायरबाट कोरा च्यालेन्ज सुरु भएको छ । ललितपुर र काठमाडौँका विभिन्न स्थानको परिक्रमा गर्दै कोरा च्यालेन्जको आयोजना गर्ने गरिन्छ ।
यो पटकको कोरा च्यालेन्जमा करिब ५ हजार साइक्लिस्टको सहभागिता रहेको आयोजकले दाबी गरेको छ ।