• जेष्ठ २ २०८३, शनिबार

अदालतको आदेशपछि बालेन फेरि गए न्यूरोडमा फुटपाथ विस्तार गर्न, ओली सरकार हेरेको हेर्यै

श्रावण २ २०८१, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि सुरु गरेको छ । बिहानै देखि महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरेको हो ।

उच्च अदालत पाटको आदेशसँगै महानगरलाई न्युरोडमा फुटपाथ विस्तारको लागि बाटो खुलेको थियो । यसअघि सडक डिभिजन कार्यालयले फुटपाथ विस्तारको काम रोकेको थियो ।

तर, उच्च अदालतले फुटपाथ विस्तार रोक्ने सडक डिभिजनको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि महानगरलाई फुटपाथ विस्तार गर्ने बाटो खुलेको हो ।