• जेष्ठ २ २०८३, शनिबार

सिमलताल बस दुर्घटना : नवलपरासीस्थित नारायणी किनारमा थप एक पुरुषको शव फेला

असार ३० २०८१, आईतवार

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको किनारमा एकजना पुरुषको शव भेटिएको छ ।

सुस्ता गाउँपालिका-४ स्थित नारायणी नदिको किनारमा १ जना पुरुषको शव भेटिएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।

शवको पहिचान भएको छैन । सुस्तामा फेला परेको शव चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट बेपत्ता दुईवटा डिलक्स बसमा सवार यात्रुको भएको आकलन गरिएको डीआईजी केसीले जानकारी दिए ।

अहिलेसम्म ९ जनाको शव भेटिएको छ । तीमध्ये ६ जनाको सनाखत भएको छ ।