• जेष्ठ २ २०८३, शनिबार

त्रिशुलीमा बेपत्त भएको बसमा चलक सहित २४ यात्रु रहेको खुलासा

असार २८ २०८१, शुक्रबार

२८ असार, काठमाडौं । गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौका लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।

प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन । सो बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो ।चालक जवाहिर महतोले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।