सरकारले हुम्लु जातिलाई जनजातिमा सूचिकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय
हो।
आदिवासी को हुन् ?
आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को परिच्छेद १, दफा २ अनुसार
‘आदिवासीरजनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्पारगत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित तथा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनुपर्छ ।नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार नेपालमा हाल ५९ वटा जातीय समुदायहरु आदिवासी जनजातिका रुपमा रहेका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई सरकारले जनजातिमा सूचीकृत गरेसँगै ६० वटा जातीय समुदायहरु आदिवासी जनजातिका रुपमा हुने भएका हुन् ।