• जेष्ठ २ २०८३, शनिबार

आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पनि निर्माण व्यवसायीहरूले पाएनन् रकम भुक्तानी

असार २५ २०८१, मंगलवार

आर्थिक वर्ष सम्पन्न हुन लाग्दा सरकारले आफूहरूलाई दशौँ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी भएको भन्दै निर्माण व्यवसायीहरू अर्थ मन्त्रालय पुगेका छन्।
निर्माण क्षेत्रमा आबद्ध व्यवसायीहरू सरकारबाट दशौँ अर्ब रुपैयाँ भुक्तानी नपाएकाले आफूहरू गम्भीर सङ्कटमा रहेको बताएका छन् । निर्माण व्यवसायीहरूले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफूहरूले भोगिरहेका समस्या हल गर्न पहल गरेका थिए।