• असार २४ २०८१, आईतवार

डाँका चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले गोली चलायो

असार २१ २०८१, बिहीबार

काठमाडौं । बाँकेमा डाँका चोरी मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ । बिहीबार बिहान साढे ८ बजे डडुवा –६ शिखनपुरूवामा एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।

सरमान सिंह सरदारलाई डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले २०७० असार १८ गते ६ वर्ष कैद र १२ हजार जरिवाना फैसला सुनाएको थियो । उनलाई नियन्त्रणमा लिएर ल्याउँदै गर्दा एक्कासि स्थानीयवासीले अवरोध ल्र्याएर प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

जबाफी कारबाहीको क्रममा प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो । स्थानीयसँग झडप हुँदा प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते छन् ।हतियार खोस्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर ३० वर्षीय नानक सिंह शिखको दायाँ खुट्टामा लागेको डिएसपी डाँगीले बताए। फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि दाहिने घुँडामा एक राउण्ड गोली लागेको थियो । घाइते तीनै जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।