• असार २१ २०८१, बिहीबार

रोल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार १८ २०८१, सोमबार

काठमाडौं । रोल्पाको माडी गाउँपालिका-३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका-२ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु१ज ३२५२ जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ । हालसम्म ५ जना घाइतेलाई अस्पताल ल्याइएकामा २ जनाको मृत्युको घोषणा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए ।

जिपमा १५ जना सवार रहेको जानकारी आएको उनले बताए । उनीहरुलाई पनि उद्दार गरेर जिल्ला अस्पतालतर्फ ल्याइएको छ ।