• असार २१ २०८१, बिहीबार

बालिकासित यौन सन्तुष्टि लिएका तपस्वी रामबहादुर बम्जनको हुने भयो १० वर्ष जेलको बास

असार १८ २०८१, सोमबार

काठमाडौं । आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय हुने फैसला भएको छ ।

सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनबाट पीडितका लागि पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको छ ।

चौध वर्षकी हुँदा बम्जनले आफूलाई बलात्कार गरेको भन्दै रौतहटकी एक युवतीले चार वर्षअघि जाहेरी दिएकी थिइन् । उनको जाहेरीमा अनुसन्धान गरेर प्रहरीले बनाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले यौन सन्तुष्टि प्राप्त गर्न बालिकालाई प्रयोग गरेको अभियोगमा मुद्दा चलाएको थियो ।

पाँच वर्षअघि ती युवतीले बम्जनले बलात्कार गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेकी थिइन् । जाहेरी लिएर जाँँदा प्रहरीले उनलाई बाल अधिकारसम्बन्धी संस्थामा पठाएको थियो ।