• असार १९ २०८१, मंगलवार

प्रेमिका घाँटी रेटी हत्या गरी भागेका चौधरी पक्राउ

असार १६ २०८१, शनिबार

काठमाडौं । प्रेमिकाको हत्या गरी फरार भएका एक अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजापुर नगरपालिका-८, बर्दियाका २६ वर्षीय शैलेन्द्र चौधरी रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत बाँकेको जानकी गाउँपालिका-१ पचपोखराबाट पक्राउ गरिएको उनले बताए ।

चौधरीले २९ वैशाख ०८० मा नेपालगन्ज उपमहानगरपालिका-९ स्थित कोठा भाडामा लिएर बस्दै आएकी कोहलपुर नगरपालिका- ६ की २२ वर्षीया सुमदरानी थारूको घाँटी रेटेर फरार भएको आरोप लागेको छ ।

पक्राउ परेका चौधरीको बारेमा थप अनुसन्धान गर्न बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।