• असार १९ २०८१, मंगलवार

पहिरोमा पुरिएका पदम लिम्बूको कानूनमन्त्रीको पहलमा उद्धार

असार १६ २०८१, शनिबार

विराटरनगर । ताप्लेजुङको सिरिजंगा गाउँपालिका मामाङमा शुक्रबार रातिको पहिरोमा परेर घाइते भएका पदमबहादुर लिम्बूको उद्धार गरिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको पहलमा हेलिकोप्टरबाट लिम्बूको उद्धार गरिएको हो ।

घाइते लिम्बूलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर ल्याएर नोबेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।
लिम्बूको उपचारको रेखदेख गर्न मन्त्री आफै अस्पतालमा पुगेका थिए ।

केही दिनदेखिको लगातारको वर्षाले ताप्लेजुङमा ठूलो धनजनको क्षति गरिसकेको छ ।