• असार १८ २०८१, सोमबार

आज असार १३ गते बिहिबार: यस्तो छ तपाईको राशिफल

असार १४ २०८१, बिहीबार

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पदोन्नतिको सम्भावना प्रबल छ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाइको विशेष सहयोग मिल्नसक्छ । सामाजिक सद्भाव र रमाइलो यात्राको योग पनि छ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अचल सम्पत्ति हात पर्ने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रमअनुसार सफलता मिल्न समय लाग्न सक्छ । पारिवारिक प्रेम पनि घटने छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाइनेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । प्राविधिक क्षेत्रको काम अघि बढ्नेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकायको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । -हाम्रो पात्रो