• असार १३ २०८१, बुधबार

कबाड हटाउने काठमाडौँ महानगरको निर्णय विरुद्ध कबाड व्यवसायीको विरोध प्रदर्शन

असार ४ २०८१, सोमबार

काठमाडौँ । काठमाडौँ महानगर विरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ ।
आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमवार पनि निरन्तरता दिएका हुन् । उनीहरूले काठमाडौँ महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णय विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

कबाड व्यवसायीहरूले सोमवार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । कबाड व्यवसायीहरूले प्रदर्शनमा छोटे राजाहरूको आतङ्क बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निणर्यको सम्मान गरजस्ता नारासहित प्लेकार्ड समेत प्रदर्शन गरेका हुन् । रिङरोडभित्रका कबाड हटाउने काठमाडौँ महानगरपालिकाको निणर्य नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ ।

कबाड व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरूले आन्दोलन गर्नुपरेको बताएका छन् । महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।