• जेष्ठ ४ २०८३, सोमबार

अपांगता भएकाहरूमाथि प्रहरी दमन, ६ जना घइते

जेष्ठ २ २०८१, बुधबार

काठमाडौं । अपांगता भएकाहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएको संघर्ष समितिका प्रवक्ता गणेश केसीले जानकारी दिए ।

प्रहरीले बल प्रयोग गर्दा घाइते भएका ऋषि ढकाल, शर्मिला विश्वकर्मा, बेगबहादुर तामाङ, लक्ष्मण मगर, रमेश खड्का र गीता ढकालको बीर अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए ।