काठमाडौँ । दोलखाको मेलुङमा मलामी सवार गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाईं अस्पतालमा ल्याइएको दोलखाका डीएसपी युवराज खड्काले बताए ।
मेलुङ गाउँपालिकास्थित भटमासेमा बिहान बागमती प्रदेश–०१ –०२६ च–९८१३ नम्बरको बोलेरो दुर्घटना भएको हो । शव लिएर उनीहरू नदीमा जलाउन जाँदै थिए ।