• जेष्ठ ७ २०८१, सोमबार

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

बैशाख २६ २०८१, बुधबार

काठमाडाै‌ । संचार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छिन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।

प्रधानमन्त्री जुनसुकै दलको भए पनि कार्यकारी नेतृत्वलाई बलियो बनाउने उद्देश्यले विधेयक ल्याएको सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले प्रष्ट पारिन् । ‘अहिले प्रधानमन्त्री हाम्रो भएकाले भनेको होइन ।

प्रधानमन्त्री जोसुकै भएपनि, जुनसुकै पार्टीको भएपनि कार्यकारी नेतृत्वलाई बलियो बनाउने कुरा राम्रो हो भन्ने लाग्छ,’ उनले भनिन, ‘देशको प्रधानमन्त्री भनेको पद हो, व्यक्ति होइन । त्यो पद बलियो हुनुपर्छ भन्ने उद्देश्यले यो विधेयक ल्याइएको हो ।’