• जेष्ठ ७ २०८१, सोमबार

बिहान भिजेको बदाम खानुका फाइदा

बैशाख २६ २०८१, बुधबार

१. स्वस्थ पाचनमा सुधार

बिहान भिजाएको बदाम खाँदा पाचन क्रियामा सुधार हुन्छ र पोषक तत्त्वको अवशोषण पनि राम्रो हुन्छ । यसले पेटको धेरै समस्याबाट पनि बचाउँछ ।

२. मांसपेशी बलियो बनाउँछ

प्रोटिनले भरपुर भएकोले भिजाएको बदाम खाँदा मांसपेशी बढाउन र विकास गर्न निकै फाइदाजनक हुन्छ । १०० ग्राम बदाममा लगभग २५ ग्राम प्रोटिन पाइन्छ । प्रोटिन स्वास्थ्यका लागि अत्यावश्यक पोषक तत्त्व हो ।

३. मुटुका लागि निकै लाभदायी

बदाम स्वस्थ फ्याटले भरिपूर्ण हुन्छ । यसले कोलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत गर्छ । यसले मेटाबोलिजम बढाउन र रक्तसञ्चार बढाउन मद्दत गर्छ । जसले गर्दा मुटुलाई पर्याप्त पोषण मिल्छ र यसले राम्रोसँग काम गर्न सक्छ ।

४. मस्तिष्कका लागि लाभदायी

बदाम जस्तै भिजेको बदाम खाँदा पनि मानसिक स्वास्थ्यलाई बढावा दिन्छ । यसले स्मरण शक्ति बढाउनुका साथै दिमागलाई तीखो बनाउँछ ।

५. छाला र कपालको लागि पनि लाभदायक

बदाम छाला र कपालको लागि पनि धेरै लाभदायक छ । प्रोटिन र धेरै आवश्यक पोषक तत्त्वहरूले भरपुर भएकोले, यसले तपाईँलाई स्वस्थ छाला र कपाल प्राप्त गर्न मद्दत गर्दछ ।