• जेष्ठ ७ २०८१, सोमबार

धुलोका कारण देखिने असर

बैशाख २४ २०८१, सोमबार

धूलो कारण तत्काल देखिन असर

–आँखामा एलर्जी हुने,

–रुघाखोकी लाग्ने,

–झाडापखला हुने,

–जण्डिस तथा टाइफाइट हुने

दिर्घकालीन असर

–श्वासप्रश्वास सम्बन्धी समस्या देखिन्छ,

–गर्भवति महिलाबाट जन्मने शिशूमा जन्मजात रोगहरु देखिन सम्भावन हुन्छ

–निमोनिया हुन्छ

–क्यान्सर हुनसक्छ ।

धूलो उडिरहेको ठाउँमा निस्कदा विभिन्न रोगको खतरा हुने भएकाले सकेसम्म बाहिर ननिस्कनु  नै उपयुक्त हुन्छ । तर कामकाजी मानिसहरु जति नै धुलो भएपनि बाहिर निस्किनै पर्ने हुन्छ । त्यसैले धूलो उड्ने ठाउमा निस्कँदा विशेष सावधानी अपनाउनुपर्छ ।

धुलोबाट बच्न यस्तो गर्नुस्

–काम नपर्दा सकेसम्म बाहिर ननिस्कने,

–गुणस्तरीय मास्क लगाउने,

–शरीर पुरै छोपिने खालका कपडा लगाउने,

–आँखा पुरै छोपिने चस्मा लगाउने,

–बाहिर वा कामबाट घरमा फर्किएपछि हातखुट्टा राम्रोसँग सरसफाइ गर्ने,

–सकेसम्म घरमै बनाएको खाना खाने,

–बालबालिका, बृद्धबृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीले बाहिर हिड्दा विशेष ख्याल गर्ने ।