• जेष्ठ ६ २०८१, आईतवार

आजको मौसम: तातो हावा चल्न बन्द, हावाहुरीसहित फाट्टफुट्ट वर्षा

बैशाख २४ २०८१, सोमबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बदलीको अवस्था रहेको जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराईलगायत केही पहाडी भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ ।