• जेष्ठ ६ २०८१, आईतवार

नेपालमा भोलिदेखि ‘इन्ड्राइभ’ ले औपचारिक रुपमै सेवा दिने

बैशाख २३ २०८१, आईतवार

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ सोमबारदेखि औपचारिक रुपमै नेपालमा प्रवेशको घोषणा गर्ने भएको छ । करिब ३ वर्ष सेवा दिइसकेपछि अमेरिकन इन्ड्राइभ औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता भएर वैधानिक रूपमा सेवामा आउन थालेको हो ।

इन्ड्राइभ दर्ता नभई सञ्चालन भइरहेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा राइडरहरुलाई रोक्ने र कारवाही गर्ने क्रम तीव्र भएको थियो । पटक–पटक औपचारिक रुपमै दर्ता गरेर सार्वजनिक हुने बताए पनि इन्ड्राइभले प्रक्रिया पछ्याएको थिएन ।

यसले गर्दा सेवाग्राही जोखिम लिएर इन्ड्राइभ प्रयोग गर्न बाध्य भएका थिए भने पठाओ पनि यसबाट प्रभावित भएको थियो । सोमबार भने इन्ड्राइभले कम्पनी दर्ता गरेपछि आफ्नो सेवा औपचारिक रुपमै सुरुवात गर्दैछ ।