• जेष्ठ ४ २०८३, सोमबार

जापानका विदेशमन्त्री खामीकावा नेपाल भ्रमणमा

बैशाख २३ २०८१, आईतवार

काठमाडौं । जापानका विदेशमन्त्री खामीकावा योको नेपाल आइपुगेकी छन् । उनी आइतबार मध्यान्ह उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा औपचारिक भ्रमणमा आएकी हुन् ।

उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा विदेशमन्त्री खामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

विदेशमन्त्री खामिकावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गर्ने बताइएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।