• जेष्ठ ५ २०८१, शनिबार

कार्ल मार्क्सको २०६औं जन्म दिन : अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको वर्गसंघर्षप्रति ऐक्यवद्धता

बैशाख २३ २०८१, आईतवार

आज मार्क्सको जन्म दिन हो । सन २०२४ मे ५ तारिख (वि.सं. २०८१ बैशाख २३ गते ) आजकै दिन अर्थात् सन १८१८ मे ५ का दिन जर्मनीको प्रसिया प्रदेश अन्तर्गत ट्रियर शहरमा सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त मार्क्सवादका प्रतिपादक दार्शनिक कार्ल मार्क्सको जन्म भएको थियो ।

यस धर्तीमा कार्ल मार्क्स जन्मिएको आज २०६ वर्ष पुरा भएर २०७औं वर्षमा प्रवेश गरेको छ । आज तिनै विश्वका सर्वहारा वर्ग एवम् श्रमजीवी वर्गले आफ्नो गुरुको २०७औं जन्म दिवस धुमधामका मनाउन गइरहेका छन् । यसै सन्दर्भमा विश्वभर क्रियाशिल क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार महान् दार्शनिक तथा साम्यवादका सिध्दान्तकार कार्ल मार्क्सप्रति उच्च सम्मान गर्दै मार्क्सको २०७औं जन्म दिवसप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।
संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै कार्ल मार्क्सको जन्मदिनमा हुने कार्यक्रमहरुमा ऐक्यवद्धता जनाएका हुन् । विज्ञप्तिमा केसीले भनेका छन्,‘आज मार्क्सवादले पहिलो चरणमा मार्क्सवादको विकास, दोस्रो चरणमा लेनिनवादको विकास र तेस्रो, नयाँ र उच्च चरणमा माओवादको विकास गरिसकेको छ र आज मार्क्सवाद-लेनिनवाद-माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अवेद्य इकाईका रुपमा मार्क्सवाद-लेनिनवाद-माओवाद रहेको छ ।’

केसीले विज्ञप्तिमा अगाडी लेखेका छन्,‘एकातिर यसप्रकारको अवस्था रहेको छ भने अर्कोतिर मार्क्सवाद विरोधी धारा दक्षिणपन्थी संशोधनवादले शास्त्रीय संशोधन -आधुनिक संशोधनवाद हुँदै नवसंशोधनको बाटो भएर प्रतिक्रियावादमा परिणत भइसकेको अवस्था छ । यसप्रकारको विश्व परिस्थितिका कारण एकातिर दक्षिणपन्थी संशोधनवाद हावी भइरहेको छ भने अर्कोतिर क्रान्तिकारी मार्क्सवाद (मालेमावाद) रक्षात्मक अवस्थामा पुगेको छ ।’

‘मार्क्सले ‘विश्वका सर्वहारा हो, एक होऔं’ भन्नु भएको थियो र मार्क्सले सन् १८६४ मा विश्व कम्युनिस्ट आन्दोलनमा आफ्नै नेतृत्वमा पहिलो अन्तर्राष्ट्रियको गठन र सञ्चालन गर्नुभएको थियो । मार्क्सको मृत्यु पश्चात् सन् १८८९ मा फ्रेडरिक एंगेल्सले दोस्रो अन्तर्राष्ट्रियको गठन र सञ्चालन गर्नुभएको थियो । त्यस्तै सन् १९१९ मा लेनिनले तेस्रो अन्तर्राष्ट्रियको गठन सञ्चालन गर्नुभएको थियो । सन १९४३ मा तेस्रो अन्तर्राष्ट्रियको विघटन हुन पुग्यो र त्यसपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन लामो समयसम्म अन्तर्राष्ट्रिय विहिन हुन पुग्यो । तर सन् १९८४ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुद्वारा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन(रिम)को गठन गरिएको थियो । तर रिमको पनि विघटन हुन पुगेपछि आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय विहीन अवस्थामा पुगेको छ । यसप्रकारको जटिल अवस्थामा मार्क्सवाद-लेनिनवाद-माओवादको रक्षा, विकास र प्रयोगको निम्ति आज विश्वभर क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले एउटा नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठनको निर्माण गरेर एकताबद्ध भएर अगाडि बढेमा मात्र महान् दार्शनिक तथा आफ्नो गुरु कार्ल मार्क्को २०७ाौं सच्चा जन्म दिवस मनाएको ठहर्नेछ भन्ने हाम्रो ठहर छ ।’ केसीको विज्ञप्तिमा भनिएको छ ।