• जेष्ठ ५ २०८१, शनिबार

किशोरीमाथि बलात्कार गरेको आरोपमा दोलखाका एमाले नेता फरार

बैशाख २२ २०८१, शनिबार

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलमा किशोरीमाथि बलात्कार भएको छ । सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन् ।

उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् । ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।