• जेष्ठ ५ २०८१, शनिबार

टी-२० खेलमा वेष्टइण्डिज ए विरुद्ध नेपाल ६ विकेटले विजयी

बैशाख २२ २०८१, शनिबार

२२ वैशाख, काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी-२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो ।

१७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नटआउट रहे । अन्तिम १२ बलमा जित्नलाई २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए ।

नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई १३ रनमा नेपालले गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । कप्तान रोश्टन चेशले २३ बलमा ५चौकासहित सर्वाधिक ३३, जोनसन चाल्र्स २४, कदिम एलियन र मार्क दयालले ११(११ रनमा आउट भए । म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।

अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो ।