• जेष्ठ ५ २०८१, शनिबार

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

बैशाख २० २०८१, बिहीबार

काठमाडाै । चाैथाे  टी–२० मा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले ३ विकेटको क्षतिमा २०९ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्स अर्धशतक प्रहार गर ।
नटआउट रहेका फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८४ रन जोडे । फाबियन एलनले १९ बलमा नटआउट ३३ रन बनाए ।
त्यसअघि १० ओभरमा २ विकेटको क्षतिमा १०१ रन जोडेको छ ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्स ले ५८ रन जोडेर आउट भए । दशौं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलबाट क्याच गराए ।

उनले फ्लेचरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे ।
त्यसअघि दोस्रो ओभरमै ओपनर एलिक एथानाजलाई प्रतिश जिसीले सन्दीप जोराको हातबाट ५ रनमा आउट गरे । केसी कार्टी भने चारमै आउट भए । उनलाई पनि भुर्तेलले रोहित पौडेलबाट क्याच गराए ।

बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले एक विकेट हात पारे ।

पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २_१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जित्दा दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।

नेपालले आगामी टी_२० विश्वकपको तयारीस्वरूप सिरिज खेलिरहेको छ।

सिरिज सकिएपछि नेपाल विश्वकपको तयारी गर्न वेस्ट इण्डिज नै जानेछ।