• जेष्ठ ५ २०८१, शनिबार

टी-२० सिरिज: नेपालको खराब सुरुवात

बैशाख १९ २०८१, बुधबार

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले खराब सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ रोजेको वेष्ट इन्डिजले ११ ओभरमा मात्र १ विकेट गुमाउँदै १२१ रन बनाएको छ।

नेपाल बलरहरुले नमज्जाले रन खर्चिरहेका छन्। वेष्ट इन्डिजका जोन्सन चार्लिजले ३६ बलमा ७० रन बनाइसकेका छन् भने अर्का ब्याटर आन्द्रे फिट्चर ३४ रनमा खेलिरहेका छन्।

खेल मध्याह्न सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको हो। आजको खेलका आधारमा नेपालले टी-२० विश्वकपका लागि केही खेलाडी समेत छनोट गर्नेछ ।

५ खेलको सिरिजमा दुवै टिम अहिलेसम्मका २ खेलमा १–१ को बराबरीमा छन्। पहिलो खेलमा नेपाल रोहित पौडेलको शानदार शतकमा २०५ रनको लक्ष्य पूरा गर्दै ४ विकेटले विजयी भएको थियो।

तर, दोस्रो खेलमा १६१ रन भेट्याउन नसकी १० रनले पराजित भएको थियो। दोस्रो खेलमा रोहितले ७१ रन बनाएका थिए भने अन्य ब्याटर चल्न सकेका थिएनन्। आज तेस्रो चलिरहेको छ भने चौंथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ।