• जेष्ठ ६ २०८१, आईतवार

अशक्त र गरिबले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याए काठमाडौंमा नि:शुल्क उपचार हुन्छ: मेयर बालेन

बैशाख १६ २०८१, आईतवार

काठमाडौं । अशक्त र गरिब नागरिकहरूले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याएमा काठमाडौंका अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था हुने भएको छ।

काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस ल्याएमा काठमाडौंमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको बताएका छन्।

मेयर शाहले सिफारिससहित महानगरमा आउन आग्रह गरेका छन्। ‘हामीसँग ५२ अस्पतालका तीन सय ७४ बेड छन्,’ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर शाहले उल्लेख गरेका छन्, ‘त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ।’

उनले ११८० (1180) वा काठमाडौं महानगर स्वास्थ्य विभागमा सम्पर्क राख्न पनि आग्रह गरेका छन्।