• जेष्ठ ५ २०८१, शनिबार

नेपाललाई तेस्रो सफलता, कुशल भुर्तेलले लिए वेस्टइन्डिजका कप्तानको विकेट

बैशाख १६ २०८१, आईतवार

काठमाडौं । नेपाली राष्ट्रिय टोली र वेस्टइन्डिज ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि कुशल भुर्तेलले तेस्रो विकेट दिएका हुन् । १०औं ओभरको अन्तिम बलमा उनले वेस्टइन्डिजका कप्तान रोस्टन चेजलाई बोल्ड आउट गरेका हुन् ।

शनिबारको खेलमा सर्वाधिक ७४ रन बनाएका कप्तान चेजले आज जम्मा २२ बलमा २३ रन मात्र जोड्न सके । पहिलो खेलमा आक्रामक सुरुवात गरेका वेस्टइन्डिजका ब्याट्सम्यान दोस्रो खेलमा नेपाली स्पिनरसामु दबाबमा देखिएका छन् ।

१० ‌ओभरको समाप्तिमा वेस्टइन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा जम्मा ६४ रन मात्र बनाएको छ । यसअघि सागर ढकालले दुई विकेट लिएका थिए ।

तेस्रो ओभरको दोस्रो बलमा वेस्टइन्डिजका ओपनर एलिक अथानाजको विकेट लिए । ६ रन बनाएका एलिकलाई उनले कुशल मल्लबाट क्याच आउट गराए । यस्तै अर्का ओपनर जोनशन चार्ल्सलाई पनि उनले पाँचौं बलमा बोल्ड आउट गरे। आउट हुनुअघि चार्ल्सले ११ रन बनाएका थिए ।