• बैशाख २३ २०८१, आईतवार

नयाँ वर्षको अवसरमा नुवाकोटमा लाग्यो माङ्चेभुमे जात्रा

बैशाख १ २०८१, शनिबार

बैशाख १, नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झैं भगवान माङ्चेभुमेको जात्रा लागेको छ ।

शिवपुरी गाउँपालिका वडा न. १ दिङ्गाममा अवस्थित यस मन्दिरलाई पालिकाको पूर्वी भेगका जनताले शक्तीपिठको रुपमा पुज्ने गर्छन् । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले रिबन काटेर उद्घाटन गरिएको यस जात्रामा हजारौं भक्तालुजनहरुले दर्शन गरिएका थिए ।

शिवपुरी वडानम्बर १ का वडाध्यक्ष सुकुराम तामाङसहित स्थानीय सरकारका प्रमुखहरु उपस्थित भएको जात्रामा दर्जनौं झाक्री समूहहरु सहभागी थिए ।

पुजा पश्चात् पालिका अध्यक्षले मिडियाकमर्रीसङ्ग बोल्दै सुरुवातीका वर्षदेखि पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालिदिएको जानकारी दिँदै गाउँपालिकाको नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गराउन सके यस क्षेत्रको जनताको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुने अपेक्षा गरे ।

वडाबाट सकेको सहयोग गरेको जानकारी दिँदै वडाध्यक्ष सुकुराम तामाङले अझै यस ठाउँको प्रचारप्रसार गर्न सके आर्थिक लाभ लिन सकिने बताए । साथै उनले अबका दिनमा प्रदेश तथा केन्द्रको बजेट हालेर यसलाई अझै ब्यवस्थित बनाउन पहल गर्ने आश्वासन दिए ।