• जेष्ठ ५ २०८१, शनिबार

यस्तो छ पुरुषको समाज…..

चैत्र ८ २०८०, बिहीबार

तिमी जुनसुकै
बिचार
या बाटो
या चोकबाट हिँड
तिमी पुग्ने भनेकै
पुरुषहरुको समाजमा हो,
ती डरलाग्दा विचारका आविष्कारक ।
जो बेश्यालय भत्काउन
दिनभर षड्यन्त्र रच्छन्
बेश्या र बेश्यालयले छोएको माटो
र उनलाई छोएको हावा
अधर्मी र नास्तिक र स्पर्श गर्न नमिल्ने
भन्दै गुञ्जाउँछन्
र जब साँझ पर्न थाल्छ
उसको पाइलाले
उसकै (पुरुष) बिचारको बिरोध गर्दै
बेश्याको खोजीमा बेश्यालय तर्फ हिँड्छ
जुन बेश्यालय भत्काउने षड्यन्त्र थियो दिनभर
अर्को तला थप्ने षड्यन्त्र भयो रातभर ।