• जेष्ठ ६ २०८३, बुधबार

पथलैयामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु तीन घाइते

फाल्गुन ९ २०८०, बुधबार

बारा । बाराको पथलैयामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् । बोलेरो र ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकापसमा ठोक्किएको जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका तथा घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको पर्वानिपुरस्थित एल.एस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।